arrow

भारतमा थपिएका संक्रमित मध्ये ६५३ जनामा ओमिक्रोन भेरियन्ट

logo
एएनआई,
प्रकाशित २०७८ पुष १३ मंगलबार
corona-virus-omicron.JPG

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट थप छ हजार ३५८ संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । गत २४ घण्टामा थपिएका संक्रमितहरु मध्ये ६५३ जना ओमिक्रोन भेरियन्टका रहेका छन् ।

 भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको सङ्ख्या ७५ हजार ४५६ रहेको छ । अहिले संक्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल संक्रमितको सङ्ख्याको ०.२२ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको यो संख्या सन् २०२० मार्चपछि सब भन्दा कम भएको समाचारमा जनाइएको छ । 

गएको २४ घण्टामा भारतमा छहजार ४५० जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४२ लाख ४३ हजार ९४५ जनालाई कोरोना संक्रमण निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८।४० प्रतिशत रहेको जनाइएको छ । यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ ।

सोही अवधिमा थप २९३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ८० हजार २९० पुगेको मन्त्रालयले थप जानकारी दिएको छ । 

भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६७ करोड ४१ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।

 सो समयदेखि हालसम्म एक अर्व ४२ करोड ४६ लाख ८१ हजार ७३६ भन्दा बढी डोज खोप लगाइएको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ