arrow

चीनमा नयाँ संक्रमित भेटिने क्रम बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १३ मंगलबार
china-corona-wuhan.jpg

बेइजिङ । सिन्हवा, चीनमा नै संक्रमित भएका कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् ।

चीनभित्रै संक्रमणका भएका नयाँ संक्रमितहरु भेटिने क्रम बढ्दै गएको पनि ती अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार सोमबार मात्र पनि चीनमा कोरोना भाइरसका १८२ जना नयाँ संक्रमित थपिएका छन् ।

ती संक्रमतिहरु चीनको साङ्सी प्रान्तमा बढी पाइएका बताइएको छ । तीमध्ये धेरैजसो स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । त्यस्तै १५ जना मात्र संक्रमितहरु बाहिरबाट आएका मानिसमा भेटिएको पाइएको मंगलबार जानकारी दिइएको हो ।

चीनको नेशनल हेल्थ कमिसनले मंगलबार दिएको जानकारीअनुसार चीनमा नयाँ संक्रमित भेटिने क्रम बढ्दै गएको छ ।

यहाँका स्थानीय नागरिकहरुमा नै संक्रमण बढेको पाइएकाले चीन पनि पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितहरु भेटिने क्रम बढेको बताइएको हो । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीब्रता दिएको जनाएको छ । 

चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ