arrow

सन् २०२२ मा ताइवानमाथि चिनियाँ सैन्य घुसपैठ झनै बढ्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १३ मंगलबार
China-Taiwan-1618306033.jpg

काठमाडौं । ताइवानले सन् २०२२ मा झन् बढी चिनियाँ लडाकु विमानको घुसपैठको सामना गर्नुपर्ने देखिएको छ । पछिल्लो समय चिनियाँ जनमुक्ति सेनाले ताइवानको रक्षा क्षेत्रमा आफ्ना लडाकु विमान एवं अन्य सैन्य हतियारहरूसहितका गतिविधि बढाउँदै लगेको छ ।

सन् २०२० को जनवरी यता ९५० पटक चिनियाँ लडाकु विमान ताइवानको वायु रक्षा क्षेत्रमा घुसेको ब्लुमबर्गले जनाएको छ । जुन अघिल्लो वर्ष ३ सय ८० पटकको तुलनामा निकै बढी हो ।

आउँदा वर्षमा चिनियाँ राष्ट्रपति सी चिनफिङको पार्टी महाधिवेशनतर्फ अघि बढ्दै छ, जसमा उनले तेस्रो कार्यकालको सत्तामा नजिर बनाउने अपेक्षा गरिएको छ। यस्तै ताइवानकी राष्ट्रपति साई इङ्ग वेनका लागि पनि आगामी राष्ट्रपतिको दौड महत्त्वपूर्ण रहने भएको छ ।

यी कुराहरूका कारण पनि सन् २०२२ मा ताइवानमाथि चिनियाँ आक्रामकता बढ्न सक्ने अनुमान गरिएको छ ।

'चीनले अर्को वर्ष ताइवानको वायु रक्षा क्षेत्रमा थप डरलाग्दो अपरेसनका साथ थप सैन्य विमानहरू पठाउनेछ,' ताइवानको राष्ट्रिय नीति अनुसन्धान संस्थानका निर्देशक कुओ युजेनले भनेका छन् ।

'एक टर्निंग प्वाइन्ट हुन गइरहेका कारण सन् २०२२ को अवस्था चिन्ताजनक छ,' उनले भनेका अघि भनेका छन् । यस्तै कुनै पनि चिनियाँ आक्रमणबाट ताइवानलाई बचाउने अमेरिकाको प्रतिबद्धताको पुष्टि गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनपनि सक्रिय रहने देखिन्छन् ।

यी सबै कुराहरू नियाल्दा सन् २०२२ मा ताइवानमाथि चीन सम्बन्धित घुसपैठ र दबाबजन्य घटनाहरू बढ्ने देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ