arrow

रुस विरुद्ध सन् २०२१ मा नेटोले लियो सयौँ पटक हवाई 'एक्सन'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १३ मंगलबार
nato-plane.jpg

काठमाडौं । उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)ले उत्तर पश्चिम युरोपमा आफ्ना सदस्य देशहरूको सिमाना नजिकै रुसी लडाकु विमानहरूको सामना गर्न सन् २०२१ मा सयौँ पटक लडाकु विमान खटाएर एक्सन लिएको बताएको छ । कुल ३७० पटक लडाकु विमानको उडान मध्ये २९० पटक रुसी विमानहरूको गतिविधिविरुद्ध उडान गरिएको नेटोले जनाएको हो ।

यद्यपि, विमानको पहिचान गर्न र त्यसलाई नेटोका सदस्य राष्ट्रको सीमा बाहिर पठाउनका लागि उडान गरिएका कारण कुनै घटना नघटेको नेटोको भनाइ छ । 

नेटोका अवरोध उडानहरू नियमित घटना भएको तर, यस वर्ष युक्रेनको सिमाना नजिक रुसी सशस्त्र बलहरूको गतिविधिलाई लिएर मस्कोसँग उच्च तनाव हुँदा पनि रुस सम्बन्धित अवरोधहरूको सङ्ख्या घटेको बताइएको छ ।

नेटोका प्रवक्ता ओना लुङ्गेस्कुले 'हाम्रा सहयोगी राष्ट्रहरूको हवाई क्षेत्र नजिक अप्रमाणित उडानहरू भएमा त्यसको अवरोधका लागि उडान गर्न नेटोका लडाकु विमानहरू चौबीसै घण्टा ड्युटीमा रहेको' बताएका छन् ।

सन् २०२१ मा नेटोको यस्ता अवरोध उडान बाल्टिक क्षेत्रमा भएका छन् । जहाँ नेटोले एस्टोनिया, लाटभिया र लिथुआनियाका लागि एयर पोलिसिङ मिसन सञ्चालन गर्दछ। यस्तै नेटोले अल्बानिया, मोन्टेनेग्रो, उत्तरी म्यासेडोनिया र स्लोभेनियामा पनि यस्तै मिसन सञ्चालन गरेको छ ।

युरोपभरि ६० भन्दा बढी नेटो जेटहरू अघोषित सैन्य उडान र हवाईजहाज  सम्पर्कविहीन या अपहरण भएमा त्यसको विरुद्ध उडान भर्न हरेक बेला सतर्क अवस्थामा रहेको नेटोले विज्ञप्तिमार्फत जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ