arrow

पत्रकार गिरिजा अधिकारी प्रेस युनियनमा

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ पुष १३ मंगलबार
girija-adhikari.jpg

हेटौंडा । पत्रकार गिरिजा अधिकारी नेपाली कांग्रेसको सुभेच्छुक संगठन नेपाल प्रेस युनियनमा आवद्ध भएका छन् । युनियनको केन्द्रीय कार्यालय काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा अधिकारीलाई कांग्रेस बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँ र युनियन अध्यक्ष बद्री सिग्दलले स्वागत गरेका हुन् ।

कार्यक्रममा प्रदेश सभापति बानियाँले लामो समय पत्रकारिता गरेका अधिकारीको प्रवेशले युनियनको संगठनलाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले संगठनको अनुशासन र पद्धती अनुसार अघि बढ्न सुझाव दिंदै युनियनले अधिकारीलाई उपयुक्त अवसर प्रदान गर्नेसमेत विश्वास व्यक्त गरे ।

कार्यक्रममा युनियन अध्यक्ष सिग्देलले अधिकारीको बागमती प्रदेशमा रहेको सक्रियता र क्षमताबारे युनियन जानकार रहेको बताउँदै उनको आवद्धताले संगठनमा थप उर्जा मिलेको बताए । उनले प्रेस युनियनको महाधिवेशनको मिति छिट्टै तय गर्ने समेत जानकारी दिए ।

कार्यक्रममा युनियनको बरिष्ठ उपाध्यक्ष दिपक आचार्य, उपाध्यक्ष बाला अधिकारी, कोषाध्यक्ष सरोज अधिकारी, उपमहासचिव भिष्मराज ओझा, केन्द्रीय सदस्य दिलिपाश्री अधिकारी लगायतको उपस्थिति रहेको थियो । अधिकारी प्रेस युनियन मकवानपुरका संस्थापक सहसचिव हुन् ।  सक्रिय पत्रकारितामा रहेका अधिकारी नेपाल पत्रकार बागमती प्रदेश समितिको सल्लाहकार हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ