arrow

माओवादीको बन्द सत्रमा प्रचण्डको दस्तावेजमाथिको छलफल जारी, बुधबार निष्कर्ष सुनाइने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १३ मंगलबार
IMG_2412.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्र दोस्रो दिन मंगलबार पनि जारी रह्यो । बन्द सत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहालले ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदामा मंगलबार दिनभर समूहगत छलफल भयो । समूहगत छलफलका लागि सोमबार २५ वटा समूह गठन गरिएको थियो ।

अधिकांश समूहले वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामाथिको छलफल सकाएको आठौं राष्ट्रिय महाधिवेशन प्रचारप्रसार उपसमितिले जनाएको छ । बाँकी समूहले बुधबार मध्यान्ह १२ बजेभित्र छलफल सक्ने भएका छन् ।

बुधबार दिउँसो १ बजेबाट महाधिवेशन स्थल प्रज्ञा भवन, कमलादीमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । समूहका प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने भएका छन् । 

प्रत्येक समूह प्रमुखलाई प्रस्तुतिका लागि १५ मिनेटको समय दिइएको प्रचारप्रसार उपसमितिले जनाएको छ । 



नयाँ