arrow

पाकिस्तान सरकारविरुद्ध शिक्षकहरू आन्दोलित

logo
एजेन्सी,
प्रकाशित २०७८ पुष १३ मंगलबार
Pakistan-Flag.jpg.jpeg
फाइल तस्बिर

इस्लामावाद। स्थानीय सरकार अध्यादेश २०२१ मार्फत राजधानीका शैक्षिक संस्थाहरूलाई इस्लामावाद नगरपालिका अन्तर्गत राख्ने सरकारको निर्णयको विरोधमा सङ्घीय शैक्षिक संस्थाका शिक्षकहरू आन्दोलित भएका छन्। 

शिक्षकहरूले कक्षा बहिष्कार गरी राष्ट्रिय प्रेस क्लब बाहिर जम्मा भएर विरोध जनाएका हुन्। कैयौँ शिक्षकले डीचोक क्षेत्रमा यातायात अवरुद्ध गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए। प्रदर्शनकारीले अवरोध र काँडेतार हटाएर संसद् भवन बाहिरको र्‍याली गरेका छन्। 

आन्दोलनका कारण सङ्घीय सरकारका सबै संस्थाका शैक्षिक गतिविधि ठप्प छन्। सङ्घीय शिक्षा निर्देशनालय (एफडीई) संयुक्त कार्य समिति (जेएसी) अध्यक्षले अध्यादेशको धारा १६६ खारेज नभएसम्म आन्दोलन जारी रहने बताए।

सरकारले बारम्बार उनीहरूको मागलाई बेवास्ता गरेको र शिक्षा प्रणालीसँग खेलवाड जारी राखेको भन्दै पूर्ण रूपमा माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताएका छन्। आन्दोलनले विद्यार्थीको पढाइमा असर परेको थाहा भए पनि शैक्षिक संस्थालाई विनाशको बाटोमा जान नदिने उनीहरूले बताए ।

यसअघि डिसेम्बर ९ मा एफडीईका शिक्षक तथा गैर शैक्षिक कर्मचारीले १० दिनपछिको हडताल फिर्ता गरी शैक्षिक गतिविधि सुचारु गर्ने घोषणा गरेका थिए। शिक्षामन्त्री शफकत महमुद र सङ्घीय शिक्षा मन्त्रालयका वरिष्ठ अधिकारीहरूसँग सफल वार्ता गरेपछि हडताल फिर्ता गरिएको हो।

सरकारले सहमति गरेको भए पनि कार्यान्वयन नगरेको भन्दै उनीहरू फेरि आन्दोलित भएका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ