arrow

बैतडीमा यो वर्ष पहिलो पटक हिमपात

logo
सीपी लोहिया,
प्रकाशित २०७८ पुष १४ बुधबार
baitadi-snowfall-2078.jpg

बैतडी। बैतडीका उच्च लेकाली भेगमा भारी हिमपात भएको छ। पाटन नगरपालिकाको खोड्पे, अनारखोली, सुर्नया गाउँपालिकाको ढोल्यामोड, श्रीभाबर, सतबाँझ, बाँजपानी, सिगास गाउँपालिकाको गर्जे, बुरुसे, चौखाम लगायतका ठाउँमा मङ्गलवार राति देखि हिमपात भइरहेको हो।  हिमपात अहिले पनि जारी छ।

हिउँ पर्न थालेसँगै चिसो बढेकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन् । चिसोले बालबालिका तथा वृद्धवृद्धालाई बढी असर गर्ने भएकाले ख्याल गर्न स्वास्थ्यकर्मीले सुझाएका हुन्।

वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् । यो वर्ष समयमै हिउँ परेकाले गहुँ बाली सप्रिने आशा पलाएको पाटन नगरपालिका-९ का किसान नरबहादुर भण्डारीले बताए ।
बैतडीमा यो वर्ष पहिलो पटक हिमपात भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ