arrow

कुमारी र धिमे नृत्य कार्यशालामा ३० जना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १४ बुधबार
Dance.jpg

पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा नेवार समुदायको कुमारी र धिमे नृत्यको कार्यशाला सम्पन्न भएको छ । सप्तक संगीत सांस्कृतिक केन्द्रको सहकार्यमा स्याङजा जिल्लाको वालिङमा भएको कार्यशालामा ३० जना प्रशिक्षार्थी सहभागी बने । 

अधिकांश सहभागी स्याङजा जिल्लाबाट रहेको भए पनि कास्कीबाट दुई जना, लमजुङबाट दुई जना र तनहुँबाट एक जना प्रशिक्षार्थी समेत सहभागी बनेको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।

पाँच दिन सञ्चालन गरिएको कार्यशालामा सहभागी बन्नेमा प्रीती गुरुङ, सलीना थापा, सोनिगा श्रेष्ठ, पूनम श्रेष्ठ, बाजिंद्र बुढा मगर, आशा थापा श्रेष्ठ, अञ्जली श्रेष्ठ, रविना मिजार, उषा श्रेष्ठ, लीलबहादुर थापा, ममता कुँवर, अरुणा मगर, दीपिका सुनार रहेका थिए ।

यसैगरी सुनू सुनार, जमुना विक, धनमाया क्षेत्री, कुशुम गैह्रे, खौं माया गुरुङ, सीमा राना, करन श्रेष्ठ, इच्छा मानन्धर, प्रतिमा श्रेष्ठ, राधिका श्रेष्ठ, सृष्टि विश्वकर्मा, शिला गोतामे, स्नेहा मल्ल, कञ्चन श्रेष्ठ, भुमिका थापा मगर, युवराज गुरुङ र जलन गुरुङ समेत कार्यशालामा सहभागी बने ।

कार्यशालाको सहजीकरण नृत्य क्षेत्रमा स्थापित बनिसेका स्वजन रघुवंशी र शिरिष महर्जनले गरेको कार्यक्रम संयोजक गम बहादुर गुरुङले जानकारी दिए ।

कार्यशाला समापन समारोहमा वालिङ नगरपालिकाका मेयर दिलिप प्रताप खाँण, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, गोपाल प्रसाद गैह्रे, आनन्द पाठक, सुलोचना मल्ल, लक्ष्मी श्रेष्ठ, कमला गैह्रे, सर्मिला मल्ल, गुमान सिंह राना, तारा प्रसाद श्रेष्ठ लगायतले बोलेका थिए ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सप्तक संगीत सांस्कृतिक केन्द्रका अध्यक्ष देवराज गैह्रे तथा सञ्चालन गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ जसमाया गुरुङ जसुले गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ