arrow

भारतमा ओमिक्रोनः २१ राज्यका ७८१ जना संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १४ बुधबार
omicron.png


नयाँ दिल्ली । भारतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाईरसबाट संक्रमित हुनेको संख्या ७८१ पुगेको छ।  दक्षिण अफ्रिकामा नोभेम्बरमा पहिलो पटक देखिएको सो भेरियन्ट अहिले भारतका २१ राज्यमा देखिएको छ । 


नयाँ भेरियन्टबाट संक्रमितमध्ये सबैभन्दा धेरै नयाँ दिल्लीका छन् । पछिल्लो तथ्यांकअनुसार दिल्लीमा २३८ र महाराष्ट्रमा १६७ जनामा नयाँ भेरियन्ट देखिएको छ । भारतमा पछिल्लो २४ घन्टामा नौ हजार १९५ जनामा कोभिड देखिएको छ। 

यो संख्या अघिल्लो दिनको तुलनामा ४४ प्रतिशतले बढी हो । सरकारले खोप अभियानलाई तीव्र पारेको छ। भारतमा अहिलेसम्म एक अर्ब ४३ करोड डोज कोभिड खोप खपत भएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ