arrow

सुनखानी भत्किँदा ३८ मजदुरको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १४ बुधबार
gold-mine.jpg

काठमाडौं । दक्षिण सुडानको एक सुनखानी भत्किदा ३८ मजदुरको मृत्यु भएको छ । पश्चिमी क्षेत्र वेस्ट कोर्दाफानमा रहेको सो खानी अकस्मात् विस्फोट भएको र त्यसपछि भत्किएको थियो । 

त्यसमा परेर ३८ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । सो खानीमा परी अरू पनि केही व्यक्ति घाइते भएका छन् । 

प्रहरीले सो खानी असुरक्षित रहेको भन्दै त्यसलाई सञ्चालन नगर्न भनिएको भए पनि सञ्चालनमा ल्याएका कारण यस्तो दुर्घटना भएको बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ