arrow

इजरायल र प्यालेष्टिनबीच सम्बन्ध सुधारिँदै

logo
एएफपी,
प्रकाशित २०७८ पुष १४ बुधबार
Israel-palestine-illustration-11.jpg

जेरुसेलम । इजरायल र प्यालेष्टिनबीच विवादित भूमि ‘वेस्ट बैंक’बारे ‘आत्मविश्वास बढाउने उपाय’को लागि इजरायलले एउटा नयाँ कार्यक्रमको घोषणा गरेको छ । 

इजरायली रक्षामन्त्री बेनी गान्ट्ज र प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासबीच वर्षौंपछि इजरायलस्थित गान्ट्जको घरमा भएको पहिलो वार्ताबारे उक्त खुलासा गरिएको हो । 

इजरायली स्रोत तथा सञ्चार माध्यमका अनुसार अब्बासले सन् २०१० पछि इजरायलको पहिलो भ्रमणमा आधिकारिक बैठकका लागि एक उच्च पदस्थ प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । उनले मध्य शहर रोश हाइनको गान्ट्जको घरमा वार्ता गरेको बताइएको छ । 

मंगलबार साँझ को बैठकपछि गान्ट्जले भने, “हामीले आर्थिक र नागरिक उपायहरू को कार्यान्वयनबारे छलफल ग¥यौं र इजरायली र प्यालेस्टिनी दुवैको हितका लागि सुरक्षा समन्वयलाई सदृढ बनाउने र आतंक र हिंसा रोक्ने महत्वलाई जोड दियौं ।” वार्तापछि इजरायली रक्षा मन्त्रालयले प्यालेस्टिनी अधिकारीसँग ‘विश्वास बढाउने उपाय’ को घोषणा बुधबार गरेको हो । 

यसमा इजरायलले आफ्नो पक्षमा जम्मा गरेको करबाट प्यालेटाइनलाई तीन करोड २० लाख अमेरिकी डलर (१ करोड शेकेल) अग्रिम भुक्तानी र प्यालेस्टाइनका व्यापारीहरूलाई इजरायलमा प्रवेश गर्न अनुमति दिने ६०० थप अनुमतिहरू समावेश छन् ।

कार्यक्रमले विवादित ‘वेस्ट बैंक’मा बसोबास गर्ने छ हजारभन्दा बढी प्यालेस्टाइनहरूलाई नियमित गर्ने घोषणा पनि गरेको बताइएको छ । प्यालेष्टिनीहरूले आफ्नो भन्दै आएको उक्त भूमि सन् १९६७ को छ दिने युद्धदेखि इजरायली नियन्त्रणमा रहेको छ ।

सन् २००९ देखि पहिलो पटक इजरायलले यसै बर्षको अक्टोबरमा एरिया सी भनेर चिनिने पश्चिम तटको ठूलो इलाकामा बसोबास गर्ने चार हजार प्यालेस्टिनीहरूको स्थितिको नियमन गर्ने बताइसकेको छ । इजरायलले उक्त क्षेत्रमा आफ्ना नागरिकलाई बसोबास गराउनुका सैन्य नियन्त्रणमा राख्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ