- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आज ३० डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः
सद्दाम हुसेनलाई फाँसी
सन् २००६ को ३० डिसेम्बरमा इराकका अपदस्थ राष्ट्रपति तथा पूर्वतानाशाह सद्दाम हुसेनलाई फाँसी दिइएको थियो । मानवता विरुद्धको अपराध गरेको अभियोगमा उनलाई झुन्डाएर मृत्युदन्ड दिइएको थियो । सन् १९६८ मा कुमार्फत शक्तिमा पुगेका हुसेन इराकका पाँचौं राष्ट्रपति हुन् ।
रोमानियाका अन्तिम राजा
मिसेल प्रथम रोमानियाका अन्तिम राजा हुन् । रोमानियाको कम्युनिस्ट पार्टीले सन् १९४७ मा मिसललाई पदच्युत गरेको थियो । ६ वर्षको उमेरमा सन् १९२७ मा मिसेल रोमानियाको राजगद्दीमा बसेका थिए । सन् १९३० मा च्युत गरिएका उनलाई सन् १९४० मा पुनर्स्थापित गरिएको थियो ।
रुडयार्ड क्लिपिङको जन्म
आजकै दिन अर्थात ३० डिसेम्बर १८६५ मा प्रसिद्ध लेखक रुडयार्ड क्लिपिङको जन्म भएको थियो । भारतको मुम्बइमा रुडयार्ड क्लिपिङको जन्म भएको थियो । उनको मृत्यु ७० वर्षको उमेरमा सन् १९३६ मा १८ जनवरीमा बेलायतमा भएको थियो ।
सोभियत युनियनको स्थापना
सन् १९२२ मा युनियन अफ सोभियत सोसलिस्ट रिपब्लिक स्थापना भएको थियो । १५ गणराज्यलाई समेटेर स्थापना गरिएको सोभियत युनियनको राजधानी हालकै मस्को कायम गरिएको थियो । सन् १९९१ मा सोभयित युनियनको बिघटन नहुन्जेल यो विश्वकै ठूलो देश बनेको थियो ।
बेलायतमा अहिलेसम्मकै न्यून तापक्रम
सन् १९९५ मा उत्तरी स्कटल्यान्डको अल्टनाहराको तापक्रम माइनस २७ दशमलब २ डिग्री सेल्सियस मापन गरिएको थियो । यसअघि पूर्वी स्कटल्यान्डमा सन् १९८२ को १० जनवरीमा न्यून बिन्दुमा झरेको थियो ।