arrow

पाकिस्तानले किन्यो २५ चिनियाँ जे-१० सी लडाकु विमान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १५ बिहिबार
raffel-j10c.png

काठमाडौं । पाकिस्तानी वायु सेनाका लागि २५ वटा जे-१० सी चिनियाँ लडाकु विमान किनेको पाकिस्तानले पुष्टि गरेको छ । बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै पाकिस्तानका आन्तरिक मामिला मन्त्री शेख रसिद अहमदले मार्च २३ मा ती लडाकु विमानले फ्लाईओभर गर्ने बताएका छन् ।

आन्तरिक मामिला मन्त्री शेख रशिदले चिनियाँ लडाकु जेट भारतको राफेल जेटलाई जवाफ दिनका लागि खरिद गरिएको टिप्पणी गरेका छन् । यद्यपि, मन्त्री रशिदले पटक पटक लडाकु विमानको नाम जेएस–१० भनेर गलत उच्चारण गरेका थिए।

पाकिस्तानले चिनियाँ विमानहरू खरिद गरेको अफवाह केही समयदेखि चलिरहेको थियो । तर, भारतले खरिद गरेका आधुनिक फ्रान्सेली राफेलसँग प्रतिस्पर्धा गर्न चिनियाँ जेटहरूको क्षमतामा ठूलो प्रश्न चिन्ह छ।

यद्यपि चीनले जनमुक्ति सेनाको लागि पुरानो जे ७ ई लडाकु विमानलाई जे-१० सीले विस्थापित गर्दै आएको छ । 

गत वर्ष पाकिस्तान चीन संयुक्त सैन्य अभ्यासमा जे-१० सी पनि सामेल गरिएको थियो । सोही बेला पाकिस्तानी अधिकारीहरूले यसको अवलोकन गरेका थिए । भारतसँग फ्रान्सबाट खरिद गरेका अत्याधुनिक र शक्तशाली राफेल छन् । भारतले फ्रान्ससँग २० राफेल खरिद सम्झाैता गरेकाे थियाे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ