arrow

किशोरीहरू तस्करी र व्यवस्थापन गर्ने अपराधमा घिसलेन म्याक्सवेल दोषी ठहर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १५ बिहिबार
ghislaine-maxwell-jeffrey-epstein.jpg

काठमाडौं । कम उमेरका केटीहरूको तस्करी गरेर उनीहरूलाई यौन सम्बन्धका लागि तयार पार्ने सन् १९९४ देखि सन् २००४ सम्म चलेको अमेरिकाको एक ठूलो यौन काण्डमा ६० वर्षीय घिसलेन म्याक्सवेल दोषी ठहर भएकी छिन् । 

यौन दुर्व्यवहार आरोपमा म्यानहट्टन स्थित जेलमा रहेका बेला सन् २०१९ मा ६६ वर्षको उमेर आत्महत्या गरेका अमेरिकी फाइनान्सर अथवा पुँजीपति जेफ्री इपस्टेनका लागि घिसलेन म्याक्सवेलले किशोरीहरू तस्करी गर्ने गरेकी थिइन् ।

यौन तस्करी सम्बन्धीका ६ मध्ये पाँच मुद्दामा दोषी ठहर भएसँगै घिसलेनले ६५ वर्षको जेल सजाय भोग्ने भएकी छन् । तर, घिसलेनका वकिलहरूले भने पुनरावेदनमा जाने बताएका छन् ।

१४ देखि १६ वर्ष उमेरका किशोरीहरू जम्मा गर्ने उनीहरूलाई स्तनसहित उत्तेजित बनाउने किसिमको मसाज गर्ने र गर्न लगाउने गरेको आरोप छ । यसरी केटीहरूलाई तयार पारेपछि  घिसलेनले जेफ्री इपस्टेन र उनीमार्फत हाइ प्रोफाइल यौन दुर्व्यवहार गराउने गरेकी थिइन् ।

एक महिनासम्म चलेको मुद्दामा निरन्तर पाँच दिन न्यूयोर्कको अदालतबाट गठित जुरीले सो यौन दुर्व्यवहार परेका चार महिलाहरूबाट गवाही सुनेपछि घिसलेनलाई दोषी ठहर गरेको हो ।

सन् १९९० को दशकमा जेफ्री इपस्टेन र घिसलेनले डेटिङ गर्ने गरेको बताइएको छ । पछि आफ्नो उच्च स्तरीय जीवनयापनकै लागि घिसलेन यस किसिमको कार्यमा संलग्न भएको देखिएको छ । घिसलेनले यो काम गरेबापत इपस्टेनबाट करोडौँ डलर पाएको देखिएको छ ।

सिरियल यौन दुर्व्यवहारकर्ता भनिने मृतक जेफ्री इपस्टेनमाथि दर्जनौँ पीडितहरूको आरोप छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ