arrow

दुवै लहरको रेकर्ड तोड्दै भारतमा ४५ प्रतिशतले बढ्यो कोरोना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १६ शुक्रबार
corona-india-election.jpg

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमणले विश्वभर महामारीको अर्को लहर ल्याउने सङ्केत गरेसँगै भारतमा समेत सङ्क्रमण बढेको छ । पछिल्लो दुई दिनमा भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या झन्डै दोब्बर भएको छ ।

भारतमा डिसेम्बर ३० मा १३ १५४ जना नयाँ सङ्क्रमित थपिएका छन् । जुनकी दुई दिन अघि दैनिक सङ्क्रमितको सङ्ख्या ६ हजार ३ सय ५८ थियो । दुई दिनमै सङ्क्रमण झन्डै २ गुणाले बढेको हो ।

भारतका २२ राज्यमा आधिकारिक रूपमै ९ सय ५० भन्दा बढी ओमिक्रोन भेरियन्टका सङ्क्रमित भेटिएका छन् ।  भारतमा २८ डिसेम्बरदेखि निरन्तर सङ्क्रमण तीव्र रूपमा बढेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार २७ डिसेम्बरको तुलनामा २८ डिसेम्बरमा एकै दिन कोरोना सङ्क्रमण करिब ४५ प्रतिशतले बढेको छ । २९ डिसेम्बरमा फेरि ४३ प्रतिशतले सङ्क्रमण बढेको छ ।

यसअघि दोस्रो लहरमा ३१ मार्च र १ अप्रिल २०२१ मा ३५ प्रतिशत र १३ प्रतिशतको दरले सङ्क्रमण बढेको थियो । पहिलाे र दाेस्राे लहरकाे संक्रमणकाे अवस्थालाई उछिन्दै अहिले फेरि भारतमा संक्रमण बढ्न थालेको हो ।

यस्तै दिल्लीमा  बुधबार ३० मे यताकै सबै भन्दा बढी ९२३ जना नयाँ सङ्क्रमित थपिएका थिए । यस्तै मुम्बईमा बुधबार २५१० जना नयाँ सङ्क्रमित भेटिएका छन् । जुन कुनै पनि भारतीय सहरमा विगत केही महिनायता देखिएको सङ्क्रमणको तुलनामा अत्यधिक उच्च सङ्क्रमण हो ।

भारतमा सङ्क्रमण बढ्न थालेसँगै नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण बढ्ने देखिएको छ । खास गरी भारतसँगको बाक्लो आवतजावत र खुला सीमानाका कारण सङ्क्रमण बढ्ने विज्ञहरुको चिन्ता छ ।

भारतमा मात्रै नभएर बेलायत, अमेरिकालगायतका देशहरूमा समेत फेरि संक्रमण बढ्न थालेकाे छ । यसबीच बिहीबार मात्रै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले डेल्टा र ओमिक्रोन भेरियन्टले संक्रमणकाे सुनामी ल्याउने चेतावनी दिएकाे छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ