arrow

चिनियाँ आरोपको एलन मस्कले निराधार भन्दै गरे प्रतिवाद

logo
एजेन्सी,
प्रकाशित २०७८ पुष १६ शुक्रबार
elon-musk.jpg
फाइल तस्बिर

काठमाडौँ। संसारका सबैभन्दा धनी अरबपति एलन मस्कले उनको स्टारलिंक इन्टरनेट स्याटेलाइटले अन्तरिक्षमा धेरै ठाउँ लिएको भन्दै गरिएको आलोचनाको प्रतिवाद गरेका छन्। एलन मस्कले पृथ्वीको तल्लो कक्षमा अर्बौँ उपग्रह स्थापना गर्न सकिने प्रस्ट पारेका छन्।

यसअघि युरोपेली अन्तरिक्ष एजेन्सी र चीनले एलन मस्कको महत्त्वाकाङ्क्षी परियोजनालाई निशाना बनाएका थिए। भर्खरै, मस्कको उपग्रहले अन्तरिक्षमा रहेको चिनियाँ स्पेस स्टेसनमा ठोकिएको भनी हल्ला फैलिएको थियो।

यसको प्रतिवाद गर्दै मस्कले एक अन्तर्वार्तामा भनेका थिए, 'अन्तरिक्ष धेरै ठुलो छ र उपग्रहहरू साना छन्।' स्पेसएक्सका मालिक एलन मस्कले आफ्नो स्टारलिंक इन्टरनेट सेवाहरू मार्फत आफ्ना प्रतिस्पर्धीहरूको स्याटेलाइट प्रवेशमा अवरोध गरिरहेको आरोप निराधार रहेको बताएका छन्। मस्कले भने कि अन्तरिक्षका हजारौँ उपग्रहहरू समेत केही होइनन्। यो पृथ्वीमा लाखौँ कारहरू भए जस्तै हो।' उनले कसैले कसैलाई पनि अन्तरिक्षमा आउनबाट रोक्न नसक्ने प्रस्ट पारेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ