arrow

इजरेलमा कोरोना विरुद्धको खोपको चौथो डोज लगाउन शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १६ शुक्रबार
corona-vaccine-israel.jpg

काठमाडौं ।  इजरेलले कोरोना भाइरस विरुद्धको खोपको चौथो डोज लगाउन शुरु गरेको छ । ओमिक्रोन भेरियन्टको सङ्क्रमण र खतरा बढेसँगै चौथो डोज लगाउने इजरेल पहिलो देश बनेको हो ।

सन् २०२० मा सबैभन्दा बढी खोप लगाउँदै अघि बढेको इजरेलले कमजोर प्रतिरक्षा प्रणाली भएका र वृद्ध निवासी र हेरचाह घरहरूमा रहने कर्मचारीहरूलाई चौथो डोज लगाउन थालेको हो ।

शुक्रबार बिहान इजरेलको शेबा मेडिकल सेन्टरमा मुटु र फोक्सो प्रत्यारोपण गरेका व्यक्तिलाई चौथो डोज लगाउँदै यो अभियान शुरु गरेको हो । इजरेलमा फेरि सङ्क्रमण बढ्न थालेको छ । 

गत सेप्टेम्बरयता पहिलो पटक बिहीबार ४ हजार ८५ नयाँ सङ्क्रमित थपिएका छन् । इजरेलले बिहीबारदेखि फेरि थप कडाइ लागु गरेको छ ।

करिब ९३ लाख जनसङ्ख्या रहेको इजरेलमा कोभिड १९ का कारण ८ हजार २ सय ४३ जनाले ज्यान गुमाएका छन् । इजरेलको करिब ६५ लाख जनसङ्ख्याले एक डोज खोप र करिब ४२ लाखले पूर्ण खोप लगाइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ