arrow

दक्षिण अफ्रिकी संसद भवनमा भयानक आगलागी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १८ आइतबार
south-africa-fire-sansad.PNG

काठमाडौं । केप टाउन स्थित दक्षिण अफ्रिकाको संसद भवनमा आइतबार बिहान आगलागी हुँदा आपतकालीन सेवाहरूले नियन्त्रणका लागि कडा संघर्ष गरिरहेका छन् ।

अग्निनियन्त्रकहरूले घटनास्थललाई घेरेका छन्, भने केप टाउनको संसद भवनको छतबाट ठूला ठूला धुवाँको मुस्लो देखिएको बताइएको छ ।

केप टाउनको फायर एण्ड रेस्क्यू सर्भिसका प्रवक्ता जर्मेन कारेलसेले आगो नियन्त्रणका लागि विभिन्न दमकल केन्द्रका विभिन्न टोली घटनास्थलमा पुगेको बताएका छन् ।

आगलागीको कारण र क्षतिबारे विस्तृत जानकारी भने आइसकेको छैन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ