arrow

भारतमा एकै दिन ३३ हजार कोरोना सङ्क्रमित थपिए, अर्को लहरको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १९ सोमबार
corona-india9.jpg

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३३ हजार ७ सय ५० नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । नोभेम्बर २८ मा भारतमा एकै दिन करिब ६ हजार सङ्क्रमित मात्रै थपिएका थिए ।

निरन्तर सङ्क्रमण बढ्दै जाँदा सोमबार भारतमा ३३ हजार भन्दा बढी सङ्क्रमित थपिएका हुन् । अघिल्लो २४ घण्टामा अर्थात् आइतबार भारतमा १७ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका थिए। यसरी भारतमा निरन्तर सङ्क्रमण बढ्दै गएको देखिएको छ ।

सबैभन्दा धेरै महाराष्ट्रमा ११ हजारभन्दा बढी र केरलामा करिब ३ हजार नयाँ सङ्क्रमित थपिएका छन्। कर्नाटक र तामिलनाडुमा पनि एक हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणको कारण भारतमा १२३ जनाको मृत्यु भएको छ। भारतमा झन्डै एक हजार कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका सङ्क्रमित फेला परिसकेका छन् । सङ्क्रमण बढ्दै जाँदा फेरि कोभिड१९ महामारीको अर्को लहर आउन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ