arrow

कोरोना सङ्क्रमित २८ दिनदेखि कोमामा रहेकी नर्सलाई भिएग्राले बचायो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १९ सोमबार
comp-pc-monica-viag-.jpg

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणपछि २८ दिनदेखि अचेत भएर कोमामा रहेकी एक नर्सको ज्यान भिएग्रा औषधीको प्रयोग गरेपछि जोगिएको छ । 

बेलायतकी ३७ वर्षीया नर्स मोनिका अलमेइडा कोभिड१९बाट सङ्क्रमित भएपछि उनको शरीरमा अक्सिजनको मात्रा आधा भन्दा कम भइसकेको थियो । अक्सिजनको मात्रा झनै घट्दै गइरहेको अवस्थामा उनका सहकर्मीले उनलाई  यौन क्षमता बढाउने औषधि भिएग्राको प्रयोग गर्नेबारे सोचे ।

उनी होसमा आएपछि सुरुमा भिएग्राको प्रयोगपछि निको भएको भन्दा उनले मजाक सोचेको बेलायती पत्रिका द सनलाई बताएकी छन् । तर, उनलाई भिएग्राको उच्च डोज दिइएको थियो ।

बेलायतको एनएचएस लिंकनशायरमा कोभिड-१९का सङ्क्रमितको उपचार गर्ने मोनिकालाई गत अक्टोबरमा कोरोना भाइरसको सङ्क्रमण भएको थियो । अवस्था बिग्रिँदै गएपछि उनले रगतको उल्टीसमेत गर्न थालेकी थिइन् ।

त्यसपछि लिङ्कन काउन्टी अस्पतालमा उनको उपचार सुरु भएको थियो । तर, नोभेम्बर १६ मा उनी कोमामा अर्थात् अचेत अवस्थामा गइन् । त्यसपछि उनका सहकर्मीले उनलाई भिएग्रा औषधि दिने निर्णय गरे ।

यौन उत्तेजनाका लागि प्रयोग हुने भिएग्राले फोक्सोमा फास्फोडिस्टेरेज इन्जाइम उत्पादन गर्छ र रक्तनलीहरुलाई खुकुलो बनाउन मद्दत गर्छ । यसका साथै भिएग्राले रक्तसञ्चारलाई समेत बढाउँछ । 

त्यसको ४८ घण्टामा उनको फोक्सोले काम गर्न सुरु गरेको थियो । यसअघि नै पनि भिएग्राले रक्तनलीलाई खुकुलो बनाएर रक्तसञ्चारलाई सहज बनाउँदै श्वास नली समेत खुकुलो पार्ने देखिएको थियो ।

यसले कोरोना भाइरसबाट सङ्क्रमितको अवस्थामा सुधार आउन सक्ने देखिएपछि अहिलेसमेत कोभिड-१९का गम्भीर बिरामीमा प्रयोग गर्न सकिन्छ की भनेर भिएग्रामाथि अध्ययन जारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ