- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षको जिम्मेवारी पुनः पुष्पकमल दाहाल प्रचण्डले पाएका छन् । सानेपास्थित हेरिटेज गार्डेनमा आज बसेको केन्द्रीय कमिटी बैठकले नारायणकाजी श्रेष्ठको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनमा प्रचण्डलाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।
प्रचण्ड तीन दशकदेखि अध्यक्षको जिम्मेवारीमा रहँदै आएका छन् । उनले कहिल्यै चुनाव लड्नु परेको छैन ।
केन्द्रको अर्को केन्द्रीय समिति बैठक पुस २५ गते बस्ने भएको छ। आगामी पुस २५ मा बस्ने बैठकले पदाधिकारी र बाँकी रहेका केन्द्रीय सदस्य चयन गर्ने माओवादीले जनाएको छ ।
यसका साथै वर्षमान पुन चीनबाट फर्केपछि माओवादीले पदाधिकारी घोषणा गर्ने भएको छ । माओवादी केन्द्रीय सदस्य बोधमाया यादवले भोलि पुन चीनबाट फर्किने र त्यसपछि मात्रै पार्टीले पदाधिकारीको घोषणा गर्ने बताएकी हुन् ।
पुन स्वास्थ्य उपचारका लागि चीनमा रहेका छन् ।