arrow

आत्महत्या गर्न पाइने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २० मंगलबार
suicide.jpeg
तस्बिर– सांकेतिक

काठमाडौं । युरोपेली देश अस्ट्रियामा आत्महत्या गर्न पाउने कानुन कार्यान्वयनमा आएको छ । निको नहुने रोगबाट पीडित वा  कमजोर शारीरिक अवस्थामा पुगेका वयस्कहरूले अरूको सहयोग लिएर आत्महत्या गर्ने पाउने भएका हुन् ।

एक महिनाअघि मात्र त्यहाँको संसद्ले यससम्बन्धी कानुन बनाएको थियो । यो अभ्यासलाई कडा निगरानी गरिनेछ । आत्महत्या रोज्ने कुनै व्यक्तिको निर्णयलाई सरकारी चिकित्सकको सिफारिशपछि स्वीकृति दिइनेछ ।

चिकित्सकमध्ये एक जना गम्भीर रोग हुँदा खटिने विशेष हेरचाहसम्बन्धी विशेषज्ञ हुनुपर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ