arrow

भारतमा कोरोनाको तेस्रो लहर, मुख्यमन्त्री केजरीवाललाई पनि संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २० मंगलबार
kejariwal_photo.jpg
तस्बिर– फाइल

काठमाडौं । भारतमा कोरोना भाइरसको महामारी तीव्र गतिमा फैलिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या बढेको हो । औसतमा दैनिक ३५ हजारसम्म नयाँ संक्रमित थपिएका छन् । 

पछिल्लो साता कोभिड संक्रमितको संख्या २२ प्रतिशतले बढेको छ । भारतमा कोभिडको तेस्रो लहर सुरु भइसकेको विज्ञहरुले बताएका छन् । त्यस्तै, नयाँ भेरियन्टबाट संक्रमित हुने पनि बढेका छन् । भारतमा अहिलेसम्म एक हजार ७०० जनामा नयाँ भेरियन्ट देखिएको छ । तीमध्ये महाराष्ट्रमा सबैभन्दा बढी अर्थात ५१० जनामा संक्रमण देखिएको छ । 

यसैबीच, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई पनि कोभिड पोजेटिभ देखिएको छ । उनमा मझौला लक्षण देखिएको प्राप्त विवरणहरुमा जनाइएको छ । पोजेटिभ देखिएपछि उनी आइसोलेसनमा रहेका छन् । 

हिजो भारतमा ३७ हजार ३७९ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै १२४ जनाको ज्यान गएको छ । भारतमा हाल १ लाख ८२ हजार ८३७ जना सक्रिय संक्रमित रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ