arrow

‘नेपालको संविधान आधा खाली रहेको गिलास जस्तै मात्र भयो, यसका लागि जसपाले आन्दोलन गर्छ’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २० मंगलबार
baburam-lumbuwan.jpg

इलाम । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले संविधान संशोधन आवश्यक भएको प्रतिक्रिया दिएका छन् ।

संविधान संशोधनका लागि लागि आन्दोलन गर्नुपरे पनि कार्यकर्ताहरु तयार रहन निर्देशन पनि दिए । संगठन सुदृढिकरण तथा जनजागर अभियान अभिमुखिकरण कार्यक्रम लिएर पूर्वी पहाडी जिल्लाको भ्रमणमा रहेका उनले जनताका आकांक्षा पूरा गर्न संविधान अपूर्ण रहेको औंल्याए ।

‘१० वर्षमा नेपालमा उथल पुथल गराएर जनताबाटै जारी गरेको संविधान गिलासमा भएको आधा मात्र पानी भरिएको जस्तो भएको छ,’ उनले भने, ‘आधा खाली रहेको गिलासलाई भर्न जसपाले आन्दोलन गर्छ ।’

पिछडिएका र उत्पीडनमा रहेकालाई संविधानले नसमेटेको भन्दै यसलाई पूर्णता दिन संविधान संसोधन गर्नुपर्ने डा.भट्टराईले बताए । उनले १० वर्षे क्रान्तिबाट लोकतान्त्रिक गणतन्त्र आए पनि सबै क्षेत्र र वर्ग नसमेटिएका कारण आफूहरुले आन्दोलन गरिरहेको उनको भनाइ छ ।

राष्ट्रिय राजनीतिमा देश सञ्चालन गरेका व्याक्ति मिलेर जसपा निर्माण भएको भन्दै अबको आन्दोलन जसपाबाटै सफल हुने भएकाले सक्रिय भएर लाग्न डा.भट्टराईले कार्यकर्तालाई आग्रह पनि गरे ।

फरक प्रसंगमा डा. भट्टराईले ‘लिम्बुवान’ राज्यका लागि उठाइएको आवाजलाई कमजोर नठान्न चेतावनी पनि दिए । उनले भनेका छन्,‘नेपालका सबै जातीय मुक्ति आन्दोलनमध्ये सबभन्दा पुरानो र सशक्त लिम्बुवान आन्दोलन हुनुको पछाडि यसको ऐतिहासिक विशिष्ठता (गोरखा राज्यसंगको सम्झौता),आफ्नै लिपीसहितको भाषा, जातीय समरूपता,आर्थिक प्रणाली (किपट प्रथा)इत्यादी रहेछ । बेलैमा समाधान गरौं । पछि महंगो पर्ला ।’ डा.भट्टराईले प्रदेश-१ साथै पूर्वी पहाडी भ्रमण अभियानको अन्तिम दिन इलामको सदरमुकाम र फिक्कलमा अगुवा कार्यकर्ता भेला गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ