arrow

क्वेटामा जेयूआई गुटका कार्यकर्तामाथि भएको बम आक्रमणमा चार जनाको मृत्यु

logo
एजेन्सी,
प्रकाशित २०७८ पुष २० मंगलबार
bomb-explosion-pakistan.jpg
तस्बिर : एपी

क्वेटा। जिन्ना रोड क्षेत्रमा रहेको कलेजको मुख्य गेट नजिकै बिहीबार राति भएको बम विस्फोटमा चार जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन्। अज्ञात व्यक्तिहरूले साइन्स कलेजको मुख्य गेट नजिकै इम्प्रोभाइज्ड विस्फोटक पदार्थ राखेर राति ९:४० बजे रिमोट कन्ट्रोलबाट विस्फोट गराएको प्रहरीले जनाएको छ। जसमा चार जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

पार्टीको विद्यार्थी सङ्गठनले आयोजना गरेको शुहदा सम्मेलनमा सहभागी हुन आएका जमियत उलेमा–ए–इस्लाम (जेयुआई–विचारधारा समूह) का नेता तथा कार्यकर्तालाई लक्षित गरी विस्फोट भएको उनीहरूले बताएका छन्।

सम्मेलनको समापनमा कलेजबाट सहभागीहरू बाहिर निस्किँदै गर्दा शक्तिशाली विस्फोट भएको काउन्टर टेररिज्म विभागका प्रवक्ताले बताए। मृतक र घाइते सबै मदरसाका विद्यार्थी र जेयूआई विचारधारा समूहका कार्यकर्ता रहेको बताइएको छ।

पार्टीका प्रान्तीय नेताहरू अमिर मौलाना अब्दुल कादिर लुनी, मौलाना महमूद उल हुसन काजमी, मौलाना अब्दुल सत्तार चिश्ती र अन्य नेताहरू विस्फोट हुनुअघि कलेज परिसरबाट निस्किएकाले विस्फोटबाट जोगिएका थिए।

विस्फोटको खबर पाए लगत्तै प्रहरी र अन्य कानुन प्रवर्तन निकायका कर्मचारी घटनास्थलमा पुगेर क्षेत्रलाई घेराबन्दी गरी शव र घाइतेहरूलाई सिभिल अस्पतालमा लगिएको थियो, जहाँ आपत्कालीन अवस्था घोषणा गरिएको थियो।

बम डिस्पोजल टोलीले विस्फोट स्थलबाट प्रमाण सङ्कलन गरेको छ। यो रिमोट कन्ट्रोलमार्फत विस्फोट गराएको बीडीएसका एक वरिष्ठ अधिकारीले बताएका छन्। विस्फोटबाट धेरै सवारी साधन र मोटरसाइकलमा क्षति पुगेको छ भने नजिकैका भवनका झ्यालका सिसा फुटेका छन्।

मृत्यु हुनेको पहिचान मोहम्मद अकरम, शरफुद्दीन, युनस आगा र हाफिज मोहम्मद अक्रमको रूपमा भएको छ। घाइतेहरूमा मोहम्मद इद्रिस, मन्सुर अहमद, नूर मोहम्मद, सनाउल्लाह, हबिबुल्लाह, मोहम्मद रमजान, जहुर अहमद, मोहम्मद फारुक, बिलाल मोहम्मद, नकिबुल्लाह, नजीबुल्लाह, अजिजुल्लाह, नादिर, जमील अहमद र अब्दुल हादी रहेका छन्। आक्रमणको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ