arrow

दिल्लीमा कर्फ्यू

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २० मंगलबार
delhi-weekend-curfew.jpg

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै दिल्लीमा हप्ताको दुई दिन कर्फ्यू लगाउने घोषणा भएको छ । निरन्तर दुई दिनसम्म सङ्क्रमण दर ५ प्रतिशत भन्दा माथि देखिएपछि शनिबार र आइतबार कर्फ्यू लगाउने निर्णय भएको उपमुख्यमन्त्री मनिष सिसोदियाले बताएका छन् ।

'दिल्ली आपत् व्यवस्थापन प्राधिकरण (डीडीएमए)ले कोभिड वृद्धि रोक्न दिल्लीमा शनिबार र आइतबार कर्फ्यू लगाउने निर्णय गरेको छ। अत्यावश्यक सेवामा संलग्न बाहेक सबै सरकारी कर्मचारीले घरबाटै काम गर्ने छन् ।

निजी कार्यालयका ५० प्रतिशत कर्मचारीले घरबाटै काम गर्नेछन्,' उपमुख्यमन्त्री सिसोदियाले भनेका छन् । यससँगै अत्यावश्यक सेवा संलग्न बाहेकका सबै सरकारी कर्मचारी र प्राइभेट कार्यालयका लागि आधा कर्मचारीले घरबाटै काम गर्ने छन् । तर बस स्टेसनमा यात्रुको भीड नहोस् भनेर मेट्रो र बस भने शतप्रतिशत क्षमतामा सञ्चालनमा रहने छन् । 

दिल्लीमा सोमबार ४ हजार ९९ जना नयाँ सङ्क्रमित थपिएका थिए भने मङ्गलवार अर्थात् आज ५ हजार ४ सय ८१ सङ्क्रमित थपिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ