arrow

बेइजिङमा धूम्रपान गर्नेको सङ्ख्या घट्यो

logo
सिन्ह्वा,
प्रकाशित २०७८ पुष २० मंगलबार
smoking.JPG

बेइजिङ । चीनको राजधानी बेइजिङमा १५ वर्ष र सोभन्दा माथिका व्यक्तिमा धूमपान दर १९.९ प्रतिशतमा झरेको छ ।

मङ्गलबार सार्वजनिक नगर स्वास्थ्य आयोगको तथ्याङ्क अनुसार सन् २०१९ को तुलनामा यस उमेर समूहमा धूम्रपान गर्नेहरूको सङ्ख्या ७३ हजारले घटेको छ । 

दोस्रो व्यक्तिले गरेको धुम्रपानका कारण हुने जोखिम कार्यस्थलमा २७ प्रतिशत तथा रेष्टुरेन्टहरूमा ४२.५ प्रतिशत रहेकोमा यसमा सन् २०२१ सम्ममा कमी आई क्रमशः २३.४ प्रतिशत र ३७.३ प्रतिशत कायम भएको तथ्याङ्कमा उल्लेख छ ।  

धूम्रपानले जनस्वास्थ्यमा पार्ने हानीकारक प्रभावलाई कम गर्न चीन सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रणलाई विशेष ध्यान दिएको पाइन्छ । 

बेइजिङले सन् २०१५ को जुन १ देखि सार्वजनिक स्थलमा धूम्रपान निषेध गरेको छ । सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी नियम लागू भएपछि बेइजिङले सार्वजनिक स्थलमा धूम्रपान निषेध गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ