arrow

दिल्लीमा कोरोना संक्रमण दर ८.३७ प्रतिशत

logo
एएनआई,
प्रकाशित २०७८ पुष २० मंगलबार
India-Gate-Delhi.jpg.jpeg

नयाँ दिल्ली, भारत । दिल्लीमा मङ्गलबार पनि कोभिड–१९ संक्रमणको बढ्दो तथ्याङ्कले राज्य सरकारलाई चिन्तित पारेको छ । 

पछिल्लो २४ घण्टामा दिल्लीमा नयाँ संक्रमितको सङ्ख्या पाँच हजार ४८१ पुगेको र यसका कारण संक्रमण दर ८.३७ प्रतिशतमा पुगेको छ । यो सात महिनाको अवधिमा सबैभन्दा बढी भएको संघीय मन्त्रालयद्वारा मङ्गलबार जारी तथ्याङ्कमा उल्लेख छ । 

दिल्लीमा सबैभन्दा बढी संक्रमण दर मे १७ मा ८.४१ प्रतिशतले रेकर्ड गरिएको थियो । सोमबार दिल्ली राज्य सरकारले चार हजार ९९ नयाँ संक्रमित व्यक्ति भेटिएको र संक्रमण दर ६.४६ प्रतिशत रहेको जनाएको थियो । 

कोरोनाभाइरस संक्रमितहरूको वृद्धिसँगै यस शहरमा सक्रिय संक्रमितको सङ्ख्या पनि १४ हजार ८८९ पुगेको छ । यो पछिल्लो सात महिनाको समय अर्थात् मे २७ पछिको सबैभन्दा उच्च हो । मे २७ मा १६ हजार ३७८ व्यक्ति कोभिडबाट सक्रिय संक्रमित थिए ।

दिल्ली स्वास्थ्य विभागको बुलेटिनमा जनाइएअनुसार दिल्लीमा आठ हजार ५९३ सक्रिय संक्रमित सावधानीसाथ घरमै छुट्टै बसेका छन् भने दिल्ली महानगरभरि कूल संक्रमितको सङ्ख्या १४ लाख ६३ हजार ७०१ पुगेको छ । 

पछिल्लो २४ घण्टामा दिल्लीमा कूल ६५ हजार ४८७ जनाको परीक्षण गरिएको थियो भने गत २४ घण्टामा एक हजार ५७५ जना निको भएका थिए । दिल्लीमा कोभिडका कारण पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको र अहिलेसम्म २५ हजार ११३ जना कोभिड संक्रमित भई ज्यान गुमाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ