arrow

भारतमा कोरोनाको तेस्रो लहरको असर, कर्नाटकमा पनि कर्फ्यू

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २१ बुधबार
corona-virus-india-2022.jpg

काठमाडौं । भारतको दक्षिणी राज्य कर्नाटकमा पनि सप्ताहन्तमा कर्फ्यू लगाइने भएको छ । कोभिड संक्रमितको संख्या बढेसँगै कर्नाटकमा सप्ताहन्तमा कर्फ्यू घोषणा गरिएको हो । 
कर्नाटकमा मंगलबार एकै दिन दुई हजार ५३ जनामा संक्रमण देखिएको थियो । तीमध्ये १४९ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको थियो । 

कर्फ्यू शुक्रबार राति ११ बजेदेखि सोमबार विहान ५ बजेसम्म जारी हुनेछ । कर्नाटकमा अहिले पनि रात्रीकालीन कर्फ्यू भने यथावत नै छ । कर्फ्यूको समयमा सार्वजनिक यातायात, होटललगायत अत्यावश्यक सेवा भने सञ्चालन हुने कर्नाटक सरकारले जनाएको छ । 

यसअघि उत्तर प्रदेश र राजधानी दिल्लीमा पनि रात्रीकालीन कर्फ्यू लगाइएको थियो ।  तर, संक्रमण झन बढेपछि मंगलबार दिल्ली सरकारले सप्ताहन्तमा कर्फ्यू  लगाइने घोषणा गरेको थियो ।

भारतमा तेस्रो लहर शुरु भइसकेको दाबी गरिएको छ । हिजोमात्रै ५८ हजार ९७ जना संक्रमित थपिएका छन् । ५३४ जनाको ज्यान गएको छ । मात्र २६ हजार ३९६ जनालाई निको भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ