arrow

युरोपमा ओमिक्रोन फैलिएसँगै सङ्क्रमित बढे, फ्रान्समा अहिलेसम्मकै उच्च

logo
सिन्ह्वा,
प्रकाशित २०७८ पुष २१ बुधबार
france-corona.jpg

पेरिस । युरोपमा पछिल्ला दिनहरुमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको यहाँका अधिकारीरुले जनाएका छन् । फ्रान्सका स्वास्थ्य अधिकारीहरुले यहाँ ठूलो संख्यामा दैनिक कोभिड संक्रमित भेटिएका बताएका छन् ।

मंगलबार त्यसको पछिल्लो २४ घन्टामा फ्रान्समा २ लाख ७१ हजार ६८६ जनामा संक्रमण देखिएको अधिकारीहरुले जनाएका छन् । यो संख्या फ्रान्समा कोभिडको महामारी सुरु भएयताकै सबैभन्दा धेरै संक्रमित भेटिएका बताइएको छ ।फ्रान्सबाहेक अन्य युरोपेली देश ग्रीस, पोर्चुगल, इटाली र बेलायतमा पनि अहिलेसम्मकै उच्च संख्यामा संक्रमित भेटिएका समाचारहरु आइरहेका बताइएको छ ।

पछिल्ला दिनहरुमा क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसहरुको जमघटका कारण पनि युरोपमा कोभिड तीव्र गतिमा फैलिएको बताइएको हो ।साथै मंगलबार दिएको जानकारीअनुसार हाल त्यहाँका २० हजार भन्दा बढी व्यक्ति अस्पताल भर्ना भएका छन् । तीमध्ये तीन हजार ६०० भन्दा बढी आइसियूमा भर्ना भएका बताइएको छ ।

कोभिडको पछिल्लो लहरले युरोपको स्वास्थ्य प्रणालीलाई नै तहसनहस पार्न सक्ने विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले चेतावनी दिँदै आएको छ । जनवरीदेखि फ्रान्समा दैनिक संक्रमितको संख्या दुई लाख ५० हजार नाघ्ने फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभिअर भेरानले बताउनुभएको थियो ।

सोही बमोजिम नै अहिले यहाँ कोभिडका संक्रमतिहरु बढेका बताइएको छ । आगामी दिनमा फ्रान्सका अस्पताल कोभिडका विरामीले भरिन सक्ने यहाँका चिकित्सकहरुले जनाएका छन् । फ्रान्सको सरकारले यहाँका कर्मचारीहरुलाई घरबाटै गर्न मिल्ने कामहरु घरबाट गर्न निर्देशन दिएको छ । फ्रान्समा कोभिडको बुस्टर डोज लगाउने काम पनि जारी रहेको छ तर संक्रमितहरु भने बढेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ