arrow

बिजुलीको मूल्यबाट सुरु भएको आन्दोलनमा दुई सय पक्राउ

logo
एएफपी,
प्रकाशित २०७८ पुष २१ बुधबार
kazaksthan-protest.PNG

अल्माटी । काजकिस्तानमा दुई सय जनाभन्दा बढी पक्राउ परेका छन् । 

विजुलीको मुल्य बढेपछि सुरु भएको आन्दोलनमा सहभागीमध्ये २०० भन्दा बढीलाई पक्राउ गरिएको हो ।

मध्यएसियाली मुलुक काजकिस्तानमा आन्दोनलका कारण अशान्ति भएको भन्दै सरकारले आन्दोलनकारीलाई पक्राउ गरेको हो ।

“आन्दोलनकारीले सार्वजनिक यातायातका सेवालाई असर पारेको, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएकोलगायतका कारणले उनीहरुलाई पक्राउ गरिएको हो,” गृह मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । 
 
आन्दोलनका क्रममा भएको झडपमा परी ९५ प्रहरी घाइते भएको पनि गृह मन्त्रालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ