arrow

कोरोना नियम पालना नगर्दा विश्व नम्बर एक टेनिस खेलाडी विमानस्थलबाटै फिर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २२ बिहिबार
novak-djokovic.jpg

काठमाडौं । विश्वका नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा रद्द गर्दै अष्ट्रेलियाले उनलाई विमानस्थलबाटै देश बाहिर पठाउन लागेको छ । मेलबर्न स्थित विमानस्थलमा उनलाई केही घण्टासम्म राखेपछि सीमा बलले उनलाई देश निकाला गरिने घोषणा गरेका थिए ।

जोकोभिचले आफ्नो खोपको स्थितिको बारेमा बोलेका छैनन्, तर गत वर्ष उनले खोपको विरोध गरेका थिए । 

जोकोभिचले भने खोप छुट पाएर अष्ट्रेलिया ओपन म्याच खेल्न पाएको बताएका थिए । तर, बुधबार उनी दुबईबाट मेलबर्न आएपछि समस्या देखिएको हो ।

अष्ट्रेलियाली सीमा बलले एक विज्ञप्ति जारी गर्दै भनेको छ  कि 'जोकोभिक अष्ट्रेलिया प्रवेश गर्न आवश्यक कुराहरू पूरा गर्न उपयुक्त प्रमाणहरू प्रदान गर्न असफल भए, र त्यसपछि उनको भिसा रद्द गरिएको छ।'

'प्रवेशमा वैध भिसा नराख्ने वा भिसा रद्द भएका गैर-नागरिकहरूलाई अष्ट्रेलियाबाट हिरासतमा लिइनेछ र देशबाट निकाले छ,' सीमा बलले भनेको छ ।

यस्तै अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बिहीबारको एक पत्रकार सम्मेलनमा जोकोभिचको विषयमा बोल्दै देशको नियमभन्दा माथि कोही नभएको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ