arrow

लिथुआनियाको रम किनेर जनतालाई परिकार सिकाउँदै ताइवान, चीनलाई टक्कर दिन २० करोड डलर लगानी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २२ बिहिबार
taiwan-lithuania-rum-china.png

काठमाडौं । बाल्टिक देश लिथुआनियाले ताइवानलाई दूतावास खोल्न दिएपछि गत नोभेम्बरयता चीनले त्यससँगको कूटनीतिक सम्बन्ध शिथिल बनाउँदै लगेको छ । यस्तै चीनले अनौपचारिक रूपमा लिथुआनियाको व्यापारलाई समेत धक्का दिन सुरु गरेको छ ।

खास गरी लिथुआनियाबाट चीन भित्रिने सामानहरू चीनले सीमा भन्सारमै रोक्ने एवं यस किसिमका गतिविधिहरू गरिरहेको छ ।यसबीच चीनले किन्ने भनेर पछि भन्सारमै रोक्ने प्रपञ्च चालेको करिब २० हजार बोतल लिथुआनियाली रम (डार्क वाइन) केही दिन अघि ताइवानले किनेको हाे ।

यति मात्रै हैन, ताइवानले लिथुआनिया र आफुबीच सौर्हादपूर्ण सम्बन्ध रहेको र एक देशले अर्कोलाई मद्दत गर्दै आएको बताउँदै आफ्ना नागरिकलाई रमसँग खानका लागि विभिन्न किसिमका परिकारहरू समेत केन्द्रीय मिडियाबाट सिकाइरहेको छ ।

यो विषयले चर्चा पाइरहेका बेला ताइवानले लिथुआनियामा २० करोड अमेरिकी डलर लगानी गर्ने अर्को निर्णय सार्वजनिक गरेको छ । लिथुआनियाले ताइवानलाई दूतावास खोल्न दिएको कुराले दुई देशबीचको सम्बन्ध बलियो बन्दै गइरहेको देखाउँछ ।

यसबीच चिनियाँ कूटनीतिक र व्यापारिक दबाबलाई रोक्न ताइवानले लिथुआनियामा २० करोड अमेरिकी डलर लगानी गर्न लागेको हो । राष्ट्रिय विकास कोष र केन्द्रीय बैङ्कले ग्यारेन्टी गरेको यो रकम मध्ये ताइवानले यस वर्षको अन्त्यमा लिथुआनियामा आफ्नो पहिलो लगानी गर्ने लक्ष्य राखेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ