arrow

ओमिक्रोन भेरियन्टबाट भारतमा सङ्क्रमितको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २२ बिहिबार
india-omicron.jpg

काठमाडौं । भारतमा ओमिक्रोन भेरियन्टको सङ्क्रमणबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ । पश्चिमी राज्य राजस्थानमा ७४ वर्षीय पुरुष ओमिक्रोन भेरियन्टको सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले बुधबार पुष्टि गरेको हो ।

भारतमा ओमिक्रोन भेरियन्टबाट सङ्क्रमितको मृत्यु भएको यो नै पहिलो आधिकारिक घटना हो । ती व्यक्ति मधुमेह र अन्य स्वास्थ्य समस्याबाट ग्रसित रहेको बताइएको छ ।

भारतमा अहिलेसम्म २ हजार ६ सय ३० जना ओमिक्रोन भेरियन्टबाट सङ्क्रमित भएको आधिकारिक आँकडा छ । भारतमा बिहीबार मात्रै ९० हजार नयाँ सङ्क्रमित थपिएका छन् । यो विगत केही साता यताको भन्दा झन्डै ६ गुणा बढी हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ