arrow

रुसले कजाकस्तानमा पठायो 'प्याराट्रुपर'

भयानक आन्दोलनकाबीच रुसले कजाकस्तानमा पठायो 'प्याराट्रुपर'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २२ बिहिबार
russia-paratroops-kazaksthan.jpg

काठमाडौं । मध्य एसियाली मुलुक कजाकस्तानमा भइरहेको घातक आन्दोलनलाई शान्त पार्न अन्तर्राष्ट्रिय शान्ति सेनाका रूपमा रुसले प्याराट्रूपर्स पठाएको छ ।

कजाकस्तानमा प्रदर्शन बढ्दै गएपछि राष्ट्रपति कासिम जोमार्ट तोकाएभले रुसी नेतृत्वको कलेक्टिभ सेक्युरिटी ट्रीटी अर्गनाइजेसन (सीएसटीओ) लाई सुरक्षाका लागि हस्तक्षेप गर्न आग्रह गरेका थिए । 

सीएसटीओ रुस, अर्मेनिया, बेलारुस, कजाकस्तान, किर्गिस्तान र ताजिकिस्तानबीचको अन्तर सरकारी सैन्य गठबन्धन हो ।

प्रदर्शनका क्रममा सेनाद्वारा थुप्रै प्रदर्शनकारी मारिएका छन् भने, १२ सुरक्षाकर्मी समेत मारिएका छन् । यस्तै ३ सय ५३ सुरक्षाकर्मीहरू घाइते भएको बताइएको छ । बिहीबार बिहानै देशको दोस्रो ठुलो सहर अल्माटीमा गोली समेत चलेको बताइएको छ ।

ग्यासको मूल्यवृद्धिको विषयलाई लिएर नि विरोध प्रदर्शनको चुरो कारणका रूपमा रहेको ग्यासको मूल्यवृद्धि फिर्ता लिने घोषणा पनि उनले गरेका छन् ।

सन् १९९१ मा सोभियत सङ्घको पतनपछि कजाकस्तान स्वतन्त्र मुलुक भएदेखि राष्ट्रपतिका रूपमा रहिआएका ८१ वर्षीय नुरसुल्तान नजरबायेवले सन् २०१९ मा कासिम जोमार्ट तोकाएभलाई राष्ट्रपति बनाएका थिए ।

सरकारले निश्चित मूल्य तोकेर सस्तोमा बेचिरहेको ग्यासको मूल्य बजारले नै निर्धारण गर् नसक्ने बनाएपछि प्रदर्शन सुरु भएको थियो । तर, नुरसुल्तान नजरबायेव नै एक राजनीतिक शक्तिका रूपमा रहेर उनको परिवारले नै देशको अर्थतन्त्रको धेरैजसो भाग नियन्त्रण ल्याएको बताइन्छ । 

अहिले ग्यासको मूल्यवृद्धि फिर्ता हुने उक्त निर्णय फिर्ता ल्याए पनि सर्वसाधरणहरुले यसै विरुद्ध प्रदर्शन गरिरहेको बताइएको छ ।

यस्तै सर्वसाधरणहरुले स्वतन्त्र निर्वाचनको माग समेत गरिरहेका छन् । सर्वसाधारणको माग अनुसार निर्वाचनमा जानका लागि मन्त्रिपरिषद् र संसद् विघटन गर्ने निर्णय राष्ट्रपति तोकाएभले गरे पनि यो अहिले जोगिने रणनीति मात्रै भएको सर्वसाधरणहरुको बुझाइ छ । त्यसैले पनि देशको ठुलो भागमा हिंस्रक प्रदर्शन जारी छ । 

यसबीच रुसी नेतृत्वको सीएसटीओ सेना कजाकस्तानले आग्रह गर्ने बित्तिकै त्यहाँ पुगेको हो । चीन र रुसबीचको भूपरिवेष्टित राष्ट्र कजाकस्तान भूराजनीतिक र अर्थ रणनीतिका हिसाबले निकै महत्त्वपूर्ण छ ।

प्राकृतिक स्रोत साधन तेल, कोइला र गैर धातु लगायतमा धनी भए पनि करिब एक करोड ९० लाख जनसङ्ख्या रहेको कजाकस्तानको अर्थतन्त्र र त्यहाँका जनताको आर्थिक स्तर निकै कमजोर छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ