arrow

पाकिस्तानमा तत्काल लकडाउन नहुने

logo
एएनआई,
प्रकाशित २०७८ पुष २२ बिहिबार
bolochistan-pakistan-hospital.jpg

इस्लामावाद । पाकिस्तानमा अहिले लकडाउन गर्ने योजना नरहेको एक मन्त्रीले दावी गरेका छन् । पाकिस्तानका केन्द्रीय योजना तथा विकास मन्त्री असद उमरले कोरोनाभाइरसको महामारी फैलिदै गएपनि अहिले नै लकडाउनको योजना भने नबनाइएको स्पष्ट पारेका हुन्।

कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरस फैलिएर पाकिस्तानमा अहिले पाचौँ चरणको महामारी सुरु भएको घोषणा गरिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी एक हजारभन्दा बढी नयाँ सङ्क्रमित भएको विवरण सार्वजनिक भएकै बेला मन्त्रीको यस्तो भनाई आएको हो ।  

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा पाकिस्तानमा एक हजार ८४ जना नयाँ सङ्क्रमित थपिएका छन् । 

“हामीले कोरोनाभाइरसबाट दैनिक नयाँ थपिएका सङ्क्रमितहरुको सङ्ख्या र अवस्थालाई नजिकबाट नियालीरहेका छौँ, तर अहिले नै लकडाउन लगाउने योजना भने बनाएका छैनौँ,” उमरले भने ।

उनले अरु देशहरुमा के भइरहेको छ र उनीहरुले के गरिरहेका छन भन्ने बारेमा पनि आफुहरुले अध्ययन गरिरहेको पनि जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ