- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
भारत। भारतले ठुलो मात्रामा हतियार खरिद गरेपछि छिमेकी पाकिस्तान तनावमा आएको छ। पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल बाबर इफ्तिखारले भारतद्वारा ठुलो मात्रामा गरिएको हतियार खरिदलाई ध्यानमा राख्दै पाकिस्तानले पनि आफ्नो रक्षा क्षमता बढाउन आवश्यक रहेको बताएका छन्।
चीन निर्मित जे-सी १० लडाकू विमानहरूको पाकिस्तानी वायुसेनामा सामेल कार्यक्रममा बोल्दै उनले भने यस क्षेत्रमा सुरक्षालाई लिएर जस्तो स्थिति बनिरहेको छ, त्यसलाई ध्यानमा राख्दै पाकिस्तानले पनि आफ्नो रक्षा क्षमताहरू बढाउन आवश्यक छ। वायुसेनामा जे-सी १० विमानहरूलाई सामेल गर्ने चर्चा अप्रत्याशित होइन, यो हाम्रो राष्ट्रिय सुरक्षालाई बढाउने योजनाको हिस्सा हो। यसको माध्यमद्वारा हामी वायुसेनाको फ्लीटलाई बढाउने छौ। यस्तो यस कारण पनि गर्नु आवश्यक छ किनकि हाम्रो विरोधी देशले अत्याधुनिक हतियारहरू लगातार खरिद गरिरहेका छन्।
पाकिस्तानी सेनाका प्रवक्ताले यो कुरा भारतको राफेल लडाकु विमान, एस-४०० एयर डिफेन्स सिस्टम र अन्य रक्षा उपकरणहरूको खरिदको सन्दर्भमा भनेका हुन्। सीमामा एस-४०० सिस्टमको तैनाथसित सम्बन्धित प्रश्नको जवाफमा मेजर जनरल इफ्तिखारले भने सीमापारिको स्थितिहरूमाथि हाम्रो नजर छ। हामी आवश्यक कदम उठाइरहेका छौ। हामी सामनाको निम्ति तयार छौ। पाकिस्तानको सुरक्षा प्रणाली संसारकै सबैभन्दा राम्रो प्रणालीहरू मध्ये एक हो। गएका वर्षहरूमा हामीले यसमा तमाम सुधार गरेका छौ।