काठमाडौं । प्रधानमन्त्री, मन्त्रीदेखि शीर्ष नेताहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेक्रम जारी छ । विशेषगरी सत्ता गठबन्धनका नेताहरुमा संक्रमण देखिएको छ ।
कन्ट्याक ट्रेसिङमा परेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि आइसोलेसनमा बसेका छन् । कन्ट्याक ट्रेसिङमा परेपछि मन्त्री कार्कीले आइतबारदेखि भेटघाट बन्द गरेको सञ्चार मन्त्रालयका सहसचिव एवम् मन्त्रालयका प्रवक्ता विनोदप्रकाश सिंहले जनाएका छन् । ‘पीसीआर रिपोर्ट नआएसम्मका लागि उहाँले भेटघाट बन्द गर्नुभएको छ’, प्रवक्ता सिंहले भने ।
सत्ता गठबन्धनका शीर्ष नेता संलग्न उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकमा सहभागी नेतामा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री र सञ्चारमन्त्री आइसोलेसनमा बसेका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायतमा कोरोना पुष्टि भएपछि उक्त बैठकमा सहभागी नेता आइसोलेसनमा बसेका हुन् ।