arrow

अपार्टमेन्टमा आगलागी हुँदा न्युर्योकमा १९ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २६ सोमबार
new-york-fire.jpg

काठमाडौं। अमेरिकाको न्यु र्योक स्थित एक अपार्टमेन्टमा आगलागी हुँदा नौ जना बालबालिकासहित १९ जनाको मृत्यु भएको र अन्य केही घाइते भएको त्यहाँका अधिकारीहरूले बताएका छन्। न्यु योर्क सहरका ब्रोंक्स क्षेत्रमा रहेको ट्विन पार्क्स अपार्टमेन्ट भवनमा आइतबार बिहान ११ बजे भएको आगलागीमा १९ जनाको मृत्यु भएको मेयर एरिक एडम्सले पुष्टि गरेका हुन्।

गाम्बियन मूलका मानिसहरूको ठुलो समुदाय रहेको उक्त १९ तले अपार्टमेन्टले किफायती आवास सेवा प्रदान गरिरहेको छ।

३२ जना घातक तरिकाले जलेर अस्पताल भर्ना भएको र ६० जना आगलागीको धुवाँका कारण अस्पताल भर्ना भएको छन्।

हिटरबाट आगलागी सुरु भएको बताइएको छ। सबै तलाहरूमा धुवाँ जाँदा मानिसहरूलाई श्वासप्रश्वास सम्बन्धी र हृदय सम्बन्धी समस्या भएर अस्पताल लगिएको त्यहाँका अधिकारीहरूले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ