arrow

संचारमन्त्री कार्की अझै एक साता आइसोलेसनमा, भेटघाट बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २६ सोमबार
gyandra-karki-press-meet.jpg

काठमाडौं । कोरोना जोखिम बढेपछि कन्ट्याक ट्रेसिङमा परेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अझै एक साता आइसोलेसनमा बस्ने भएका छन् ।

कार्कीले आफ्नो कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटीभ आएको जानकारी गराउँदै एकसाता आइसोलेसनमै बस्ने बताएका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्,‘यो साता आइसोलेसनमै रहेर दोस्रो परीक्षणको रिपोर्ट पर्खनु उचित ठान्दै सबै भेटघाट स्थगित गरेको छु ।’

कन्ट्याक ट्रेसिङमा परेपछि मन्त्री कार्कीले आइतबारदेखि भेटघाट बन्द गरेका थिए । सत्ता गठबन्धनका शीर्ष नेता संलग्न उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकमा सहभागी नेतामा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री र सञ्चारमन्त्री आइसोलेसनमा बसेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ