arrow

भारतका रक्षामन्त्री राजनाथ सिंहलाई कोरोना सङ्क्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २६ सोमबार
rajnath-singh-bjp.jpg

काठमााडौं। भारतका रक्षामन्त्री राजनाथ सिंहलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोमबार रक्षामन्त्री सिंह आफैले सङ्क्रमण भएको जानकारी दिएका हुन् ।

'हल्का लक्षणहरूसहित मलाई कोरोना भाइरसको सङ्क्रमण पोजेटिभ देखिएको छ', उनले ट्विटरमार्फत भनेका छन् । 'म होम क्वारेनटाइनमा छु। हाल मेरो सम्पर्कमा आएका सबैलाई आइसोलेसनमा रहन र परीक्षण गर्न अनुरोध गर्दछु।' उनले ट्विट गर्दै लेखेका छन् ।

कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्दै गएसँगै सङ्क्रमित हुनेको सङ्ख्या बढेको छ । हिजो मात्रै भारतमा १ लाख ७९ हजार भन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ