arrow

देश परायाको खेल मैदान बनिरहेको भन्दै पूर्वराजा शाह चिन्तित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २६ सोमबार
Gyanendra-shaha.jpg.jpeg
तस्बिर– फाइल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल परायाको खेल मैदान बनिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । तीन सयौं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजाले देश परायाहरुको खेल मैदान बनिसकेको खतराको अनुभूति हरेक नेपालीले गरिरहेको बताएका छन् । 

उनले सबैभन्दा उन्नत दाबी गरिएको तन्त्रमा जनताले सास्ती र राष्ट्रले अस्तित्वप्रति नै चिन्ता गर्नुपर्ने परिस्थिति बन्दछ भने त्यस्तो तन्त्रमा अभ्यासको व्यर्थ प्रयासमा समय बरबाद गर्न नहुने निष्कर्षमा पुग्न ढिला नगर्न पनि चेतावनी दिएका छन् । 

यस्तो छ पूर्वराजाको सन्देश–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ