arrow

पाकिस्तानको अन्तर्राष्ट्रिय इस्लामिक विश्वविद्यालयमा दुई समूहबीच झडप हुँदा कैयौँ विद्यार्थी घाइते

logo
एजेन्सी,
प्रकाशित २०७८ पुष २६ सोमबार
Pakistan-Flag.jpg.jpeg
फाइल तस्बिर

इस्लामावाद। पाकिस्तानको अन्तर्राष्ट्रिय इस्लामिक विश्वविद्यालय (आईआईयू)मा दुई समूहबिच भएको झडपमा ५० भन्दा बढी विद्यार्थी घाइते भएका छन्।

अन्तर्राष्ट्रिय इस्लामिक युनिभर्सिटीमा भएको विरोध प्रदर्शनका क्रममा विद्यार्थीहरूले एक अर्कालाई मुक्का, लात हान्नुका साथै धक्का र नाराबाजीसमेत गरेका थिए। विश्वविद्यालयका अधिकारीका अनुसार प्रहरीले घटनास्थलमा पुगेर स्थितिलाई शान्त पारेको थियो।

हामीले झडपमा संलग्न विद्यार्थीहरूलाई कारबाही गर्ने सुनिश्चित गर्नेछौँ, विश्वविद्यालयका अधिकारीले भने, विश्वविद्यालयले संस्थामा कुनै प्रकारको अशान्ति सहने छैन।

हाल विश्वविद्यालयमा प्रहरीले कडा सुरक्षा दिइरहेको र स्थिति नियन्त्रणमा लिएको जनाइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ