arrow

मानिसमा सुँगुरको मुटुको सफल प्रत्यारोपण, ५७ वर्षीय पुरुषले पाए जीवन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २७ मंगलबार
surgeon-and man.jpg

काठमाडौं । विश्वमै पहिलो पटक ५७ वर्षीय एक अमेरिकी नागरिकमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ ।

युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरका डाक्टरहरूले ७ घण्टाको अपरेसनपछि डेभिड बेनेटमा सुँगुरको मुटु प्रत्यारोपण गरेको हो ।

तीन दिनपछि अहिले सुँगुरको मुटु हालेका बेनेको अवस्था सामान्य रहेको छ । यद्यपि, उनमा सुँगुरको मुटुले कहिलेसम्म काम गर्छ र अब, के हुन्छ भन्ने कुनै अनुमान गर्न सकिने अवस्था नरहेको डाक्टरहरूले बताएका छन् ।

आफूसँग या त मृत्यु या सुँगुरको मुटु प्रत्यारोपण गर्ने विकल्प मात्रै रहेका कारण यो राजेको ५७ वर्षीय बेनेटले बताएका छन् । त्यसपछि मात्रै अमेरिकी चिकित्सा नियामकले याे अपरेशनका लागि स्वीकृति दिएकाे थियाे ।

उनका छोरा डेभिड बेनेट जूनियरले परिवार यो विषयमा अज्ञात रहेको बताएका छन् । बुवाले यो कुराको महत्त्व बुझेरै यस्तो निर्णय लिएको उनको भनाइ छ ।

युनिभर्सिटी अफ मेरिल्यान्ड स्कुल अफ मेडिसिनले जारी गरेको विज्ञप्तिमा सर्जन बार्टले ग्रिफिथले यो शल्यक्रियाले विश्वलाई अङ्ग अभावको सङ्कट समाधान गर्न एक कदम नजिक ल्याएको बताएका छन् ।

अङ्ग प्रत्यारोपणका लागि कुर्दा कुर्दै अमेरिकामा मात्रै दैनिक १७ जनाको मृत्यु हुने गर्छ । ५७ वर्षीय व्यक्तिमा हालिएको सुँगुरको मुटुबाट थुप्रै किसिमका जिनहरू हटाइएको थियो ।

मानिसको शरीरले कुनै पनि अङ्गलाई अस्वीकार नगरोस् भनेर नचाहिने जी हटाउने यो पद्धतिलाई आनुवंशिक सम्पादन (जिन इडिटिङ) समेत भनिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ