arrow

घरबाटै काम गर्न निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २७ मंगलबार
corona-virus-India.jpg

काठमाडौं । भारतमा सम्पूर्ण निजी कार्यालय घरबाटै सञ्चालन हुने भएका छन् । कोभिड संक्रमण तीव्र फैलिएसँगै दिल्ली विपद् व्यवस्थापन अथोरिटी (डीडीएमए) ले सम्पूर्ण निजी कार्यालयलाई घरबाटै र अहिलेसम्म अधिकांश कार्यालयलाई आधा कर्मचारीलाई कार्यालयबाट र बाँकीलाई घरबाटै काम गर्न निर्देशन दिइएको थियो । 

त्यस्तै, सरकारी कार्यालयमा ५० प्रतिशत कर्मचारीले मात्र कार्यालयबाट काम गरेका छन् । अत्यावश्यक सेवालाई भने छुट दिइनेछ ।  निजी बैंक, अत्यावश्यक सेवा दिने कार्यलय, विमा कम्पनी, औष कम्पनी , वित्तिय कम्पनी, वकिलका कार्यलय र कुरियर सेवालाई छुट छ । 

सोमबारदेखि दिल्लीका रेस्टुराँ र बारहरु बन्द भएका छन् । उनीहरुले होम डेलिभरी सेवा भने दिएका छन् । दिल्लीमा सोमबार १९ हजारमा कोभिड देखिएको छ । संक्रमण दर २५ प्रतिशत रहेको छ । यो दर ५ मेपछिको उच्च हो । दिल्लीमा सोमबार एकै दिन १७ जनाको मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ