arrow

नाइल नदीमा ट्रक खस्दा २ जनाको मृत्यु, ८ बेपत्ता

logo
एएनआई/सिन्ह्वा,
प्रकाशित २०७८ पुष २७ मंगलबार
nile-river.jpg

कायरो [इजिप्ट] । इजिप्टमा राजधानी कायरो नजिकै २४ यात्रुसहितको ट्रक नाइल नदीमा खस्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य आठ जना अझै बेपत्ता छन्।

दुर्घटना सोमबार साँझ गिजा प्रान्तको मोनशात अल-कानाटर जिल्लाको एउटा गाउँमा भएको थियो। बालबालिकासहित यात्रुहरू काम गरिरहेको खेतबाट फर्कने क्रममा ट्रकमा यात्रा गरेको बुझिएको छ । दुर्घटना हुँदा ट्रक चालकले लाइसेन्स बिनाको डुङ्गामा गाडीलाई नदीको विपरीत किनारमा लैजान खोजेका थिए ।

उद्धारकर्मीहरूले १४ यात्रुहरूलाई बचाएका छन् भने अन्य हराइरहेकाहरूको खोजी गरिरहेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘लाइसेन्स नभएको डुंगाका चालक र तीन जना कामदारलाई पक्राउ गरिएको छ र डुङ्गा मालिकलाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ