arrow

संक्रमण बढे पनि तत्काल विद्यालय बन्द नगर्ने पाकिस्तानी मन्त्रीको भनाइ

logo
एएनआई,
प्रकाशित २०७८ पुष २७ मंगलबार
bolochistan-pakistan-hospital.jpg

इस्लामाबाद । पाकिस्तानमा कोभिड–१९ संक्रमण दर उच्च देखिए पनि तत्काल विद्यालयहरू बन्द गर्ने सोचमा सरकार देखिएको छैन । तत्काल विद्यालयहरू बन्द नगर्ने सरकारी योजनाबारे मङ्गलबार सञ्चारमाध्यमले सूचना तथा प्रसारण मन्त्रालय स्रोतलाई उद्धृत गरी समाचारमा उल्लेख गरेका छन् । 

“संघीय सरकारलाई देशमा बढ्दो कोभिड–१९ संक्रमणका घटनाको बारेमा जानकारी छ तर तत्काल पाकिस्तानमा पुनः लकडाउन वा विद्यालय बन्द गर्ने योजना बनाएको छैन,” मन्त्रीपरिषद् बैठक पश्चात पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सूचना तथा प्रसारण मन्त्री फवाड चौधरीले भने ।

मुलुकमा कोभिड–१९ संक्रमण दर दोब्बर भएको जानकारी संघीय मन्त्रालयलाई जानकारी रहेको तर विद्यालय बन्दको सम्भावना तत्कालका लागि नरहेको पाकिस्तानी टेलिभिजन जियो न्यूजसँग बोल्दै मन्त्री चौधरीले बताए ।

उनले भने, “उच्च संक्रमण दरका बावजुद पनि हामीले पाकिस्तानमा लकडाउन वा विद्यालय बन्द गर्ने सोच बनाएका छैनौँ । अर्को लकडाउनको बोझ हाम्रो अर्थतन्त्रले बोक्न सक्दैन ।”

देशले कोरोनाभाइरसको सामना गर्न सक्ने कुरामा जोड दिँदै चौधरीले सरकारले तालाबन्दी नलगाउने तर परिस्थितिको अनुगमन जारी राख्ने बताए । कोरोनाभाइरस फैलिन नदिन देशका जनतालाई मास्क प्रयोग गर्न पनि मन्त्रीले आग्रह गर्नुभयो ।

चौधरीले पाकिस्तानले ‘उत्कृष्ट’ कोभिड–१९ खोप अभियान चलाइरहेको पनि बताए । संघीय सरकारले खोपमा दुई अर्ब अमेरिकी डलर लगानी गरेको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ