arrow

भारतमा एकैदिन दुई लाख करिब थपिए कोरोना संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २८ बुधबार
lata-mangeshkar-sand-art.jpg
तस्बिर– गत सोमबार कोरोना भएपछि अस्पतालमा भर्नारत गायिका लता मंगेशकरको स्वास्थ्यलाभको कामना गर्दै कलाकार सुदर्शन पटनाइकले पुरी बिचमा बनाएको यो कला ।

काठमाडौं । भारतमा एकैदिन दुई लाख नजिक कोरोना भाइरसका संक्रमित थपिएका छन् । मंगलबार १ लाख ९३ हजार ७ संक्रमित पुगेका छन् । त्यसैगरी ६० हजार १४८ जनालाई निको हुँदा ४४२ जनाको ज्यान गएको छ । 

सक्रिय संक्रमित थप एक लाख ३२ हजार बढेका हुन् । भारतमा कुल सक्रिय संक्रमित ९ लाख ४७ हजार पुगिसकेका छन् । भारतमा २५ डिसेम्बरदेखि कोरोनाको तेस्रो लहर शुरु भएको हो । लगातार छैटौं दिन संक्रमित एक लाख भन्दा बढी थपिएका छन् । 

दिल्लीमा मंगलबार मात्रै २३ जनाको ज्यान गएको छ । महाराष्ट्रमा २२ जनाको ज्यान गयो । दिल्लीमा ३ दिनमा ५७ जनाको ज्यान गएको छ । 

उत्तर प्रदेशमा संक्रमित ६ गुणा बढेका छन् । अहिलेसम्म भारतमा ३ करोड ६० लाख मानिसलाई कोरोना भइसकेको छ । ४ करोड ४६ लाखलाई निको हुँदा ४ लाख ८४ हजार ६५५ जनाको ज्यान गइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ