arrow

लतादेखि रक्षामन्त्री र तीन मुख्यमन्त्रीसहित थुप्रैलाई कोरोना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २८ बुधबार
lata-mangeshkar-sand-art.jpg
तस्बिर– गत सोमबार कोरोना भएपछि अस्पतालमा भर्नारत गायिका लता मंगेशकरको स्वास्थ्यलाभको कामना गर्दै कलाकार सुदर्शन पटनाइकले पुरी बिचमा बनाएको यो कला ।

काठमाडौं । भारतमा कोरोना भाइरसको महामारी तीव्र रुपमा फैलिएको छ । मंगलबार मात्रै एक लाख ९३ हजार भन्दा बढी संक्रमित पाइएका छन् । जसमा ठूला ठूला हस्ती पनि संक्रमित भएका छन् । 

वरिष्ठ गायिका लता मंगेशकर पनि संक्रमित भएकी छिन् । उनमा हल्का लक्षण रहेको छ । उनको उमेरलाई ख्याल गर्दै मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ । उनी ९२ वर्षकी छिन् । उनले ३० हजार भन्दा बढी गीत गाएकी छिन् । उनी ८० वर्षदेखि संगीतको दुनियाँमा छिन् । 

त्यस्तै रक्षामन्त्री राजनाथ सिंह पनि संक्रमित भएका छन् । उनले सामाजिक संजालमार्फत आफू संक्रमित भएको जानकारी दिएका हुन् । उनमा हल्का लक्षण छन् । उनले आफूलाई आइसोलेसनमा राखेका छन् । 

भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा पनि संक्रमित भएका छन् । उनले आफूलाई आइसोलेट गरेका छन् । उनले ट्वीटरमार्फत कोरोना भएको जानकारी दिएका हुन् । 

बिहारका मुख्यमन्त्री नीतिश कुमार पनि पोजेटिभ भएका छन् । उनले सोमबार एन्टिजेन परीक्षण गर्दा नेगेटिभ आए पनि पीसीआर गर्दा पोजेटिभ पाइएका थिए । 

राजस्थानका मुख्यमन्त्री अशोक गहलोत दोस्रो पटक संक्रमित भएका छन् । उनीसँगै उनकी पत्नी र छोरा पनि संक्रमित भएका छन् । उनी दोस्रो लहरमा पनि परेका थिए । 

कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्मई पनि संक्रमित भएका छन् । उनले पनि आफूलाई आइसोलेट गरेका छन् । उनको स्वास्थ्य हाल ठीक छ ।  

केन्द्रीय मन्त्री नितिन गडकरी पनि संक्रमित भएका छन् । गृहराज्यमन्त्री नित्यानन्द राय पनि पोजेटिभ आएका छन् । 

केन्द्रीय स्वास्थ्य राज्यमन्त्री भारती प्रवीण पवार पनि संक्रमित भएकी छिन् । केन्द्रीय रक्षा राज्यमन्त्री अजय भट्ट पनि संक्रमित भएका छन् । 

टीएमसीका नेता बाबुल सुप्रियो तेस्रो पटक संक्रमित भएका छन् । 

यसअघि दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल, उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादव, अभिनेत्री करिना कपूर, अभिनेता जोन इब्राहिम, अभिनेत्री नोरा फतेही, निर्देशक एकता कपूर र अभिनेता अर्जुन कपूर पनि संक्रमित भएर निको भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ